arrow

एघार वर्षपछि फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
Krishna.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्य ज्यान मुद्धामा एक जना फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा साविक बागलुङको तमान गाविस वडा नं. ६ हाल तमानखोला गाउँपालिका वडा नं. ४ का ३९ वर्षका कृष्णबहादुर विक रहेका छन् ।

बागलुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार म्याग्दी जिल्लाको साविक रुम गाविस वडा नं.७ का ४६ वर्षका लालबहादुर विकको हत्या आरोपमा कृष्णलाई २०६८ भदौ २७ गते जिल्ला अदालत बागलुङ र २०७२ माघ २९ गते सर्वोच्च अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । सोही फैसलापछि कृष्ण फरार रहेका थिए । 

उनको खोजी गर्नेक्रममा बागलुङ प्रहरीले रुपन्देही प्रहरीको समन्वयमा रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. १२ शान्तिनगरबाट उनलाई पक्राउ गरिएको हो । 

उनलाई आज बागलुङ जिल्ला अदालतमा उपस्थित गराई आजै कारागार पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार २०६७ भदौ ३१ गते राति बागलुङको तमान गाविस वडा नं. ७ को चौतारी भन्ने स्थानमा लालबहादुरको हत्या भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ