arrow

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
opium.jpeg

रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले  परिवर्तन गाउँपालिका-४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो । 

अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको  टोली खटिएको थियो । सारुमगर नेतृत्वको टोलीले परिवर्तन-४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् ।

त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन-४ जैरेनी र तातापानी  तथा  परिवर्तन-५ बजेनीमा करिब आठ रोपनीमा लगाएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ । उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ