arrow

अमेरिकी उपभोक्ता मुद्रास्फीतिमा कमी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
America-2014.png.png

अमेरिका । अमेरिकी उपभोक्ता मुद्रास्फीति मार्चमा सुस्त भएको अमेरिकी तथ्याङ्कले बुधबार देखाएको छ । तथ्याङ्कले फेडरल रिजर्भमाथि अर्थतन्त्रलाई शान्त बनाउन चालेको दवावपछि उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । 

श्रम साङ्ख्यिकी ब्यूरोका अनुसार, मुद्रास्फीतिको दर मार्चमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५.० प्रतिशतले घटेको छ । यो दर फेब्रुअरीमा ६.० प्रतिशतमा झेरेको थियो । सन् २०२१ को मेपछि यो सबैभन्दा न्यून वृद्धि हो । 

प्रतिवेदनले मौसमी समायोजनको आधारमा अघिल्लो महिनाको तुलनामा मार्चमा ०.१ प्रतिशतले वृद्धि देखाएको छ, जुन फेब्रुअरीमा ०.४ प्रतिशत को तुलनामा धेरै कम छ । यो तथ्याङ्क विश्लेषकहरूले अपेक्षा गरेको ०.३ प्रतिशतभन्दा पनि कम छ ।

गत वर्षको तुलनामा फेडरल रिजर्भ बैंक (फेडरल रिजर्भ) ले ब्याजदर वृद्धिको क्रमले आर्थिक गतिविधिमा असर पारिरहेको पछिल्लो प्रमाणका रूपमा यो रिपोर्टलाई लिइएको छ । 

अमेरिकी श्रम बजारको आँकडा ठोस रहेको छ भने विनिर्माण र सेवा क्षेत्रको हालैका रिपोर्टहरूले सुस्तताको सङ्केत देखाएका छन् ।

अमेरिकी इक्विटी फ्युचर्सले तथ्याङ्क जारी गरेपछि, फेडले निकट भविष्यमा ब्याज दर वृद्धिरोक्न आह्वान गर्ने अपेक्षामा वृद्धि भएको थियो ।

यस त्रैमासिकमा मासु, पंक्षीजन्य र माछाको मूल्यमा गिरावट आएको छ भने अन्न, बेकरी उत्पादन र गैर-मदिरा पेय पदार्थको मूल्य बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ