arrow

ट्रम्पले कर्तुतका साक्षी कोहेनविरुद्ध हाले मुद्दा, मागे ५० करोड डलर क्षतिपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
trump-de.JPG

काठमाडौं ।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कर्तुतका साक्षी पूर्व वकिलविरुद्ध मुद्दा दायर गरेका छन् । ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् । ट्रम्पले अमेरिकाको फ्लोरिडा जिल्ला अदालतमा यो मुद्दा दायर गरेका हुन् । ट्रम्पले कोहेनले वकिल र ग्राहकबीचको गोपनीय सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएका छन्।

ट्रम्पले मुद्दामा माइकल कोहेनलाई आरोप लगाएका छन्, ' कोहेनले उनीविरुद्ध भ्रामक कथाहरू फैलाइएको छन्, जसले उनको छविमा ठूलो क्षति पुर्‍याएको छ। माइकल कोहेनले आफ्नो दुर्व्यवहारका साथ सबै सीमा पार गरेको र ट्रम्पलाई उनीविरुद्ध मुद्दा दायर गर्नुको विकल्प नरहेको आरोपमा मुद्दा दायर गरिएको छ।

ट्रम्पमाथि एडल्ट स्टार स्टर्मी डेनियललाई करोडौँ रुपैयाँ तिरेको आरोप लागेको छ । माइकल कोहेन यस मामिलामा ट्रम्पविरुद्ध एक मात्र प्रत्यक्षदर्शी हुन्। कोहेनको गवाही पछि मात्र ग्रान्ड जूरीले डोनाल्ड ट्रम्पको अभियोगलाई अनुमोदन गरेको थियो। त्यसपछि डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा अभियोग लगाइएका पहिलो वर्तमान वा पूर्व राष्ट्रपति बनेका  छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ