arrow

शेखर–गगन समूह गम्भीर छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
congress-shekhar-gagan samuha.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरको शेखर–गगन समूह गम्भीर छलफलमा बसेको छ । डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको छलफलमा नेताहरुले समसामयिक विषयमा छलफल गरिरहेका छन् । 

महामन्त्री गगनकुमार थापाले आफ्ना भनाइहरु राखिसकेका छन् । खासगरी सरकारमा अझै यो समूहको सहभागीता हुन सकेको छैन । 

कांग्रेसले पाएका आठ मन्त्रालयमध्ये चार जनामात्र सभापति शेरबहादुर देउवाले मन्त्री बनाएका छन् । संस्थापन इतरबाट कम्तीमा तीन जना मन्त्री बनाउनु पर्छ भनिरहँदा उनले अहिलेसम्म नामै मागेका छैनन् । 

नियमित भेटघाट भनेर छलफल गरिएको भए पनि सबै विषयमा कुुरा उठिरहेको एक नेताले बताएका छन् । अब कसरी अगाडि बढ्ने भन्ने बारेमा गगनले प्रस्ताव प्रस्तुत गरेपछि सोही विषयमा आधारित रहेर नेताहरुले विचार राख्ने क्रम चलिरहेको छ । 

संस्थापनले हरेक विषयमा यो समूहलाई पेलिरहेको भन्दै गम्भीर छलफल भइरहेको हो । 

बैठकमा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगनसँगै सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियारसँगै सांसदहरु सहभागी रहेका छन् । 

अहिलेसम्म सभापतिले केन्द्रीय समितिको बैठकसमेत नडाकेको भन्दै आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ