arrow

भैरहवामा सुटिङ, ६१ खेलाडी सहभागी

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख २ शनिबार
shooting-lumbini.jpg

रुपन्देही । पछिल्लो समय रुपन्देही खेलकुदमय बन्दै गएको छ । यसभन्दा अगाडि खेलकुद क्षेत्र सुस्ताएको थियो । राष्ट्रिय स्तरको खेलाडीसमेत उत्पादन गरेको रुपन्देहीमा केही वर्षयता खेलका कार्यक्रमहरु सुनसान जस्तै बन्न पुग्यो ।

तर रुपन्देही जिल्ला खेलकुद विकास समितमा भुपेन्द्रबहादुर थापा (हरीको) नेतृत्व आगमन भएसँगै खेलकुदका गतिविधि बढ्दै गएका छन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलेसमेत खेलकुदमा वजेट विनियोजन नगर्ने अभावका कारण पनि खेलकुदका गतिविधिले गति लिएसँगै हालसम्म नभएको सुटिङ खेलको पनि दुई दिने प्रतियोगिता सञ्चालन गरिएको छ । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरीले जिल्लामा लोपोन्मुख जस्तै भएको खेललाई नियमित रुपमा सञ्चालन गर्नका लगि आफूले आगामी बर्षहरुमा सम्बन्धित निकायहरु सँग बजेट विनियोजनका लागि लबिङ गरेर भए पनि सुटिङ खेललाई चालु गर्ने जनाए । 

यता प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सुटिङ प्रतियोगिताप्रति इच्छुकहरु भए पनि कानूनी अड्चनका कारण उक्त खेलको विकासमा बाधा पुग्दै आएको बताउँदै समस्या समाधानका लागि प्रदेश खेलकुद परिषद्ले आगामी दिनमा सहजता ल्याउनेगरी प्रक्रिया अगाडि बढाउने बताए । 

रुपन्देहीको भैरहवामा शुक्रवारदेखि दुई दिने दोस्रो जिल्ला स्तरीय १० मिटर एयर राइफल खुल्ला सुटिङ प्रतियोगित शुरु भएको हो।

३९ जना पुरुष र २२ जना महिला गरि ६१ जना खेलाडीहरुलाई गत चैत २५ देखि २८ गतेसम्म प्रशिक्षण प्रशिक्षण दिईएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ । 

चैत २९ र ३० गते भएको छनौट प्रतियोगितामा १५ जना पुरुष र १० महिला गरी २५ जना फाइनल प्रतियोगितामा छनौट भएको संघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ