arrow

पुटिनसँग नाभाल्नी आक्रोशित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
Putin-navalni-russia_1617867396.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक एलेक्सी नाभाल्नी आक्रोशित बनेका छन् । पुटिनले विपक्षी नेता भ्लादिमिर कारा-मुर्जालाई सजाय दिएपछि नाभाल्नी आक्रोशित बनेका हुन् । 

विपक्षी नेता मुर्जाको २५ वर्षको जेल सजायलाई “लज्जास्पद र फाँसीवाद” भनी निन्दा गरेका छन् ।  “आज भ्लादिमिर कारा-मुर्जाविरुद्ध सुनाइएको सजायबाट म अत्यन्तै आक्रोशित छु,” नाभाल्नीले आफ्नो टोलीले जारी गरेको अडियो टिप्पणीमा भनेका छन् । 

“म यसलाई गैरकानुनी, निर्लज्ज र केवल फाँसीवादी कदम ठान्छु” उनले टिप्पणी गरेका छन् । नाभाल्नी विपक्षी नेता तथा भ्रष्टाचार विरोधी अभियन्ता पनि हुन् । नाभाल्नी हाल जेलमा रहेका छन् । 

रुसी राष्ट्रपति, उच्च राजनीतिक अधिकारीहरू एवं व्यापारी र सरकारी अधिकारीहरूले गर्ने भ्रष्टाचारको पर्दाफास गर्ने अभियन्ताका नाभाल्नीलाई पुटिनले नै सजाय दिएको आरोप लाग्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ