- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। 'हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने मूल नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ ।
सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी रहेका छन् ।
नेपालको ऊर्जा पात्रोमा यो कोशेढुङ्गा कार्यक्रमलाई नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षण गरिरहेको छ भने यो सम्मेलन काठमाडौंको बौद्धस्थित हायात रेजेन्सीमा भइरहेको छ ।