arrow

प्रचण्डको भारत भ्रमणअघि भाजपा नेताको काठमाडौंमा दौडधूप

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
chaithiwal-oli1.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

भेटमा दुई नेताबीच भारत नेपाल सम्बन्ध साथै समसामयिक राजनीति कुराकानी भएको छ । ओलीलेले नेपालको राजनीति र अन्य धेरै विषयमा रोचक जानकारी दिएको चौथाइवाले उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदै छन् । प्रचण्ड वैशाखको तेस्रो हप्ता भारत भ्रमणमा जाने भएपछि भाजपाका विदेश विभाग प्रमुख नेपाल आएका हुन् । 

उनी सडकमार्ग हुँदै आइतबार सुदूरपश्चिम प्रदेशबाट नेपाल प्रवेश गरेका थिए । सुदूरपश्चिम प्रदेशमा शनिबारेदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले आएका थिए । सोमबार चौथाइवाले काठमाडौं आएदेखि उच्च राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । 

मंगलबार चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । आज पनि चौथाइवाले काठमाडौंमा दौडधूप गर्ने बताइएको छ । 

चौथाइवाले बिहीबार नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ