arrow

चितवन पुगेर प्रकाशमानले भने –संविधानको रक्षाका लागि गठबन्धनमा मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
Prakashman-Singh.jpg
तस्बिर – फाइल ।

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले विसं २०६२÷६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । 

उनले भने,“जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।” अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उनले आग्रह गरे । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उनले थपे, “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।”

सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उनले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताए । गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ