arrow

चन्द्रपुर १० मा शीतभण्डारको शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
seet-bhanda.JPG

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको १० नम्बर वडामा आधुनिक शीत भण्डार बन्ने भएको छ । बिहीबार चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्ले र उप-मेयर जयमाला चौधरीले संयुक्त रूपमा शिलान्यास गरेका हुन । 

किसानहरूले उत्पादन गरेका कृषि उपजलाई सही ढङ्गले व्यवस्थापन गर्ने उद्देश्यले शीत भण्डारको शिलान्यास भएपछि किसानहरूमा उत्साह छाएको छ । पालिकाको ६ करोड ५८ लाख रुपैयाँको लगानीमा बन्ने शीत भण्डारको शिलान्यास गर्दै मेयर काफ्लेले नगरमा उत्पादन हुने कृषि उपजको व्यवस्थापनका लागी रकम विनियोजन गरेको बताउँदै नगरले कृषकको समस्या हल गर्न थप योजना ल्याउने बताए ।

चन्द्रपुरकी उप-मेयर जयमाला कुमारी चौधरीले चन्द्रपुर १० स्थित अत्याधुनिक खाद्यान्न भण्डार किसानको समस्या समाधान गर्ने पहिलो प्रयास रहेको बताउँदै आगामी दिनमा पालिकाले किसानहरूको हितमा थप योजना ल्याउने बताइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ