arrow

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नब्बे हिउँ चितुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
snow-leopard-reuters.jpg.jpeg

डोल्पा । नेपालले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको अवस्था सार्वजनिक गरेको छ । व्यवस्थित क्यामेरा ट्र्याप सर्वेक्षणले प्रतिएक सय वर्गकिलोमिटरमा दुई दशमलव दुई हिउँ चितुवाको सङ्ख्या घनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवाको अनुमानित सङ्ख्या रहेको पत्ता लागाएको छ ।

नेपाल सरकारको नेतृत्वमा र स्थानीय आदिवासी समुदाय, वैज्ञानिक, युवा संरक्षणवादी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) सँगको साझेदारीमा उक्त सर्वेक्षण गरिएको हो । संरक्षण साझेदार डब्लुडब्लुएफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा निकुञ्जले यो सर्वेक्षणको नेतृत्व गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले यो उपलब्धि सबैका लागि गर्वको विषय भएको बताउँदै यसले देशमा हिउँ चितुवाको सङ्ख्या अनुमान गर्ने मञ्च निर्माण गरेको उल्लेख गरे । लोपोन्मुख अवस्थामा रहेको हिउँ चितुवा स्वस्थ हिमाली इकोसिस्टमको सूचक हो । हिउँ चितुवाहरूले हाल वन्यजन्तु अपराध, प्रतिशोधात्मक हत्या, र जलवायु परिवर्तनको प्रभावबाट बासस्थानमा खतराको सामना गर्नुपरेको छ ।

यस निकुञ्जमा वैज्ञानिक सर्वेक्षण गरिएको यो पहिलो पटक हो । डब्लुडब्लुएफ नेपालका देशीय प्रतिनिधि डा घनश्याम गुरुङले स्थानीय समुदाय र हिउँ चितुवा यस क्षेत्रमा सँगै फस्टाउन सुनिश्चित गर्नका लागि समग्र संरक्षण प्रयास जारी राख्न आवश्यक रहेको बताए ।

‘ग्लोबल स्नो चितुवा र इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’को प्राथमिकताहरू अनुरूप, नेपालले हाल पश्चिमी हिउँ चितुवा ल्यान्डस्केपका लागि ‘जलवायु–स्मार्ट स्नो लियोपार्ड र इकोसिस्टम व्यवस्थापन योजना’ (२०१७–२०२६) को विकासमा काम गरिरहेको छ ।

वन्यजन्तु अपराधविरुद्ध सुधारिएको सुरक्षा, पशु बीमा र राहत योजनाहरू र समुदायको सुधारिएको जीविकोपार्जनलगायत सबै समग्र दृष्टिकोणका कारण हिउँ चितुवा संरक्षणमा यो उपलब्धि भएको बताइएको छ । यस क्षेत्रका उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न विश्वव्यापी रूपमा हिउँ चितुवाको दिगो भविष्य सुरक्षित गर्न नेपाल सरकारको नेतृत्वमा प्रयासहरू जारी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ