arrow

पूर्वराजा पश्चिम यात्रामा, दुई ठाउँमा नागरिक अभिनन्दन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
ganendra_ex-king.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । देशको राजनीति अस्तव्यस्त भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा निस्कने भएका छन् । उनी पश्चिमाञ्चलसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा जान लागेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । 

उनको भ्रमण देशवासी र देशको वस्तुस्थितिमा केन्द्रीत रहने बताइएको छ । बेलाबखत हुने यस्ता धार्मिक तथा निजात्मक भ्रमणलाई विभिन्न ढंगले महत्वपूर्ण मानिँदै आएको छ । 

पूर्वराजा पूर्वरानी कोमल शाहसहित यही बैशाख १५ गते नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । पूर्वराजाको पश्चिम भ्रमणका क्रममा दुई स्थानमा नागरिक अभिनन्दनसमेत हुने भएको छ । 

उनी १५ गते नेपालगञ्जमा बस्नेछन् । १७ गते जुम्लामा नागरिक अभिनन्दन हुने भएको छ । १८ गते बागेश्वरी मन्दिरमा आरती गर्ने कार्यक्रम रहेको छ । 

२० गते नेपालगञ्जमा नागरिक अभिनन्दन हुने भएको छ । 

पूर्वराजासँगै पूर्वराजपरिवारका अन्य सदस्यहरुसमेत सहभागी हुने सम्भावना रहेको निर्मल निवास स्रोतले बताएको छ । 

पूर्वराजाको गत महिना सुनसरीको इनरुवामा नागरिक अभिनन्दन भएको थियो । चैत २० गते भएको नागरिक अभिनन्दनमा हजारौंको सहभागीता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ