चालक निदाउँदा भएको दुर्घटनामा सातको मृत्यु, चार घाइते
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ९ शनिबार
718
Shares
तस्बिर – फाइल ।
इस्लामाबाद । पूर्वी पाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
पञ्जाब प्रान्तका लोधरान जिल्लामा उक्त दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।