arrow

तनहुँ १ मतदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
upamayor-election-tanahu 2.jpg

दमौली । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत अन्तिम चरणमा पुगेको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भएको हो । 

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार शान्तिपूर्ण रुपमा मतदान कार्य भएको छ । मतदान कार्य साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध मजबुद बनाइएकोले ढुक्कसँग मतदानमा सहभागी हुन ढकालले आग्रह गरे । 

नेपाली काङ्ग्रेसका तर्फ उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् । 

नेकपा (एमाले) का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र तर्फबाट उम्मेदवार डा. स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावली नरहेकाले उनीहरु मतदानबाट वञ्चित भएका छन् । 

मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका दमौली ल्याइनेछ । देवघाट गाउँपालिकाको कोटा, बैदी लगायतका केही विकट ठाउँबाट मतपेटिका दमौली आइपुग्न केही बढी समय लाग्छ ।

मतपेटिका सङ्कलन पश्चात् सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ