arrow

दैनिक एक करोड लिटर डिजेल तस्करी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
Diesel-vehicle.jpg.jpeg

इरान ।  इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताएका छन् ।

इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी गराएका हुन् । 

इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब ०.८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उनले बताए । 

सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ भने “डिजेल को तस्करी रोक्नको लागि, इरानले व्यक्तिगत ईन्धन कार्डको प्रयोगलाई बढावा दिएको छ र मौद्रिक लेनदेनमा अधिक नियन्त्रण प्रयोग गर्न र शङ्कास्पद लेनदेनको पहिचान गर्न स्मार्ट प्रणालीलाई अपग्रेड गरेको छ ।

 विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डारमा रहेको इरानले आफ्ना १० प्रशोधन केन्द्रबाट दैनिक २२ लाख ब्यारेलभन्दा बढी कच्चा तेल र ‘कन्डेन्सेट’ प्रशोधन गर्दै आएको छ । देशको दैनिक डिजेल र पेट्रोलको उत्पादन क्रमशः ११ करोडदेखि ११ करोड ५० लाख लिटरसम्म पुगेको सलारीले बताए । 

इरानी सरकारले इन्धनको प्रयोगमा अनुदान दिन्छ । यसले गर्दा इरानीहरूले इन्धन तस्करीलाई आकर्षक व्यवसाय बनाउँने गरेका छन् । 

पछिल्लो केही महिनायता इरानी नौसैनिक बलले तस्करीको इन्धन बोक्ने ठूलो सङ्ख्यामा जहाजहरू जफत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ