arrow

संसदीय समितिको भागबन्डा प्रमुख तीन दलबीच सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
three-parties-meet-2080.jpg
तस्बिर : रासस

काठमाडौँ। प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरूले संसदीय समितिको भागबन्डामा सहमति जुटाएका हुन्।

सहमति अनुसार एमालेले तीन वटा समितिको सभापति लिने भएको छ। जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्त्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीन वटा संसदीय एमालेको भागमा परेको छ। नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ। काँग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति पाएको छ।

यसै गरी, सत्य निरूपण तथा मेलमिलाप आयोगको विवादलाई टुङ्ग्याउनका लागि विशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन्। उता, संवैधानिक परिषद् सबन्धित बिधयेक लाई चाँडै स‌दनबाट पारित गर्नेमा पनि सहमति जुटेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिए।



नयाँ