arrow

चट्याङ लागेर नौ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
lightning-final.jpg

बङ्गलादेश ।  बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट््याङ र मेघगर्जनसहित भारी वर्षासमेत भएको थियो । 
चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ ।

चट्याङका कारण भएका अधिकांश मृत्युमा आफ्नो खेतबारीमा काम गरिरहेका ग्रामीण किसान परेका अधिकारीले बताएका छन् । 

सुख्खा यामदेखि वर्षायामसम्म मौसम परिवर्तन हुने भएकाले वर्षको यो समयमा घना बस्ती भएको दक्षिण एशियाली मुलुकमा चट्याङका कारण सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

बङ्गलादेशमा चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । विज्ञहरूका अनुसार यो जलवायु परिवर्तनका कारण भएको हो । जलवायु परिवर्तनका कारण बङ्गलादेश निकै प्रभावित हुनेमध्येको एक गरिब राष्ट्र हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ