arrow

पुटिनसँग एर्दोगाको फोन वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
Putin-Recep.jpg

रुस ।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसले बनाएको तुर्किएको पहिलो आणविक ऊर्जा रियाक्टरको उद्घाटन समारोह अघि बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् ।

टेलिफोन वार्तामा टर्की-रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको एर्दोगनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टर्कीका राष्ट्रपतिले अकुयु आणविक ऊर्जा प्लान्टमा पुटिनको योगदानको लागि धन्यवाद दिएका छन् ।  दुई नेताहरूले रुस-युक्रेन द्वन्द्व र अन्न सम्झौताको  बारेमा थप छलफल गरेको विज्ञप्तिमा  उल्लेख छ ।

साथै एर्डोगान र पुटिनले नयाँ "प्रस्तावित कार्य समूह मार्फत काम गर्न सकिने पहल" बारे  पनि थप छलफल गरेको बताइएको छ । उनहरूले सिरियाको घटनाक्रमबारे पनि छलफल गरेको एर्दोगानको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ