arrow

मुख्यमन्त्री चौधरीले शपथ लिँदै, मन्त्रीहरुको टुंगो अझै लागेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
lumbini-provinceamik-sherchan-delhi-chaudhari-2080.jpg
तस्बिर – फाइल ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो १ बजे पद तथा गोपनियताका शपथ हुनेछ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुंगो भने लागेको छैन ।

यद्यपि मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आकांक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ