arrow

मुख्यमन्त्री चौधरीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल

logo
नारायण वली, 
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
delhibahadur-chaudhary-oath-2080-01-15.jpg

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रमुख शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

थपे तीन मन्त्री, लिए शपथ
आफूले पद तथा गोपनियताको शपथ लिएपछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले तीन मन्त्रीलाई शपथ दिएका छन् । 

माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मराज चौधरी मन्त्री भएका हुन् । 

मन्त्रालयको टुंगो नलागेकाले उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ