arrow

पूर्वराजपरिवार सामाजिक सञ्जाल चलाउँदैन, किन बन्द गर्दैन सम्बन्धित निकाय ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
Gyanendra-shaha.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ । शुक्रबार सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट पारेको हो । 

यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ । 
 
तर पूर्व राजपरिवारका सदस्यहरु जोडिएका फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल छ्यापछ्याप्ति छन् । पटक पटक संवाद सचिवालयले यसबारेमा जानकारी गराउँदासमेत अहिलेसम्म सम्बन्धित निकायले कुनै चासो राखेको छैन । न त त्यस्ता एकाउन्टहरु बन्द नै गरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ