arrow

पुटिनले गरे हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
putin-drive.jpg

रुस ।  फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति पुटिनले हस्ताक्षर गरेका छन् । 

शुक्रबारदेखि लागू हुने उक्त निर्देशन पत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।
 
यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रूसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा ईयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो ।

प्रतिबन्धमा ‘ग्रुप अफ सेभेन (जी-७) राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ