arrow

घरभित्रै चट्याङ लागेकी देवमायाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
dead2.jpg

ओखलढुङ्गा ।  शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । 

घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो ।  बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ