arrow

पूर्वराजाको नागरिक अभिनन्दनमा वर्षा वाधक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनमा वर्षा वाधक बनेको छ । आइतबार जुम्लाको सदरमुकाम खलङ्गामा पूर्वराजाको नागरिक अभिनन्दनको भब्य तयारी भएको भए पनि नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण पूर्वराजा जुम्ला नै जान नसकेको उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताए । 

उनले नेपालगञ्जमा बसेका पूर्वराजा विमान नै उड्न नसकेकाले जुम्ला जान नसकेको बताए । पूर्वराजाको राजालाई स्वागत गर्न आइतबार बिहानैदेखि खलङ्गामा स्थानीयहरुको घुइँचो लागेको थियो । 

आफू जान नपाएकोप्रति दुःखी पूर्वराजाले उपस्थित जनसमुदाय र आयोजकप्रति आत्मीयतापूर्ण कृतज्ञता व्यक्त गरेका छन् । 

अब २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ