arrow

सरकारमा जानेबारे रास्वपा अनिर्णित, शुक्रबार निर्णायक छलफल  

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
rsp-rastriya-swatantra-party-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा जाने कि प्रतिपक्षमा बस्ने भन्ने निर्णय शुक्रबार गर्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले सरकारमा जाने वा प्रतिपक्षमा भन्ने निर्णय शुक्रबारको बैठकले गर्ने बताए । 

रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयासलाई जारी राखेका छन् । रास्वपाले पहिलेकै मन्त्रालय पाउनु पर्ने दाबी गरेको बताइन्छ । तर प्रचण्डले भने कुनै पनि मन्त्रालयका लागि दाबी नभएको बताउँदै आएका छन् । 

केन्द्रीय समिति बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्न संसदीय दललाई निर्देशन दिएको पनि उनले जानकारी दिए । 

सोमबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले विभिन्न विभाग गठन गरेको पनि ढकालले जानकारी  दिए । जसमा ढकाललाई नीति तथा विचार विभाग र प्रशिक्षण विभाग प्रमुख बनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ