arrow

चिनियाँ विदेशमन्त्री र म्यानमारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
china-flag-home.jpg

चीन । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङले म्यानमारका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष दूत नोएलिन हेजरसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् ।

सो अवसरमा मन्त्री किनले आन्तरिक र बाह्य कारकहरू आपसमा गाँसिदा म्यानमार मुद्दा जटिल बनेको भन्दै यसको कुनै “शीघ्र समाधान” नरहेको पनि बताएका छन् । उनले अन्तरराष्ट्रिय समुदायलाई म्यानमारको सार्वभौमसत्ताको सम्मान गर्न र म्यानमारका सबै पक्षलाई संविधानभित्र रहेर समर्थन गर्न आग्रहसमेत गरेका छन् ।

उनले अन्तरराष्ट्रिय समुदायले दक्षिणपूर्वी एसियाली राष्ट्रसङ्घ (आसियान) को मध्यस्थताको सम्मान गर्नुपर्ने र म्यानमारमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनलाई बढावा दिनुपर्ने बताए । त्यसैगरी उनले सङ्कटको बढ्दो विस्तार रोक्न विवेकपूर्ण र व्यावहारिक रूपमा काम गर्नुपर्नेमा जोड दिँदै चीनले विशेष दूतलाई आफ्नो असल कार्यालयमा समर्थन र सहयोग गरिरहने बताए ।

त्यसैगरी विशेष दूत हेजरले म्यानमार समस्या समाधानको प्रयास म्यानमारको नेतृत्वमा हुनुपर्ने र त्यहाँका जनताको इच्छालाई सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसङ्घले म्यानमार समस्याको समाधानको प्रवद्र्धनमा चीनको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दछ र म्यानमारको शान्ति, स्थिरता र विकासमा चीनले निरन्तर योगदान दिने आशा राखेको विशेष दूतले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ