arrow

ज्येष्ठ नागरिकलाई भत्ता लिन सकस 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १९ मंगलबार
senior-citizen-jestha-nagarik.jpg

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राही पालो कुर्दैछन् । ज्येष्ठ नागरिकलाई भने भत्ता लिन पनि सकस हुन थालेको छ । 

अहिले तीन तहका सरकार हुँदा र स्थानीय सरकार सक्रिय हुँदा त ज्येष्ठ नागरिकका घरघरमा पुगेर भत्ता दिएर सम्मान गर्नुपर्नेमा त्यतातिर वास्ता गएको छैन । 

वृद्धवृद्धा पूर्व कर्मचारीलाई पनि यस्तै नै कष्ट हुँदै आएको छ । यतिसम्म कि बुढाबुढी भएपछि बिमार हुनु नौलो हैन । तर त्यस्ता बिमार र अपाङ्गता भएकाहरुलेसमेत पनि दुःख पाएर बैंकमै धाउनु पर्ने अवस्था हुन्छ । 

यतातर्फ कुनै पनि सरकारको ध्यान भने अहिलेसम्म गएको पाइँदैन । तस्बिर रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ