arrow

दार्चुलामा हिमपहिरो, पाँच जना बेपत्ता

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० वैशाख १९ मंगलबार
Byas_gaunpalika.png

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ को भोलिङमा हिमपहिरो जाँदा ५ जना बेपत्ता छन् । यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये ५ जना हिमपहिरोमा बेपत्ता भएको छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मले जनाएको छ । 

यार्सा संकलक त्रिपाल टागेर बसेका बेला हिमपहिरो गएको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डीएसपी ईश्वरीदत्त भट्टका अनुसार त्यहाँ बसेका १२ जना यार्सा संकलकमध्ये ७ जना सकुशल रहेका छन् । 

बेपत्ता हुनेहरुमा डोटीको बुडरका र दार्चुलाका गरी ५ जना रहेको उनले बताए । घटनास्थलमा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी खटिएको छ । सो क्षेत्रमा हिमपात भइरहेकाले बेपत्ताहरुको खोजीमा समस्या भइरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ