arrow

विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
WFP.jpg

सुडान । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ । गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन गरिएका हुन् । 

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट भोखमरी उत्पन्न हुनसक्ने ज सुडानको जटिल अवस्थालाई दृष्टिगत गरी डब्ल्युएफपीले आफ्ना कार्यक्रम अस्थायी रूपमा सञ्चालन गरेको हो । खाद्यान्न वितरणका निम्ति स्थगन गरिएका कार्यक्रम हाललाई अस्थायी रूपमा सञ्चालन हुनेछन् । 

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच गत एप्रिल १५ देखि शुरु भएको भीषण युद्धको पहिलो दिन डब्ल्युएफपीका तीन जना कर्मचारी उत्तरी डार्फुंरमा मारिएपछि डब्ल्युएफपीले आफ्ना सबै गतिविधि रोकेको थियो ।

डब्ल्युएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले युद्ध शुरु हुनु अगावै चरम खाद्यान्न अभाव झेल्ने अवस्थामा पुगेका करिब एक करोड ५० लाख सुडानीलाई खाद्य सहयोग आवश्यक रहेको बताउँदै द्वन्द्वका बीच पनि डब्ल्युएफपीले सुडानका चार प्रान्तमा खाद्यान्न वितरण गर्ने जानकारी दिएका छन् । द्वन्द्व जारी रहेमा खाद्य सङ्कटको मारमा अझ धेरै नागरिक पर्ने चेतावनी पनि उनले दिएका छन् । 

चार करोड असी लाख जनसङ्ख्या भएको सुडान अफ्रिका महादेशको तेस्रो ठूलो जनघनत्व भएको देश हो । “युद्ध चर्कनुअघि नै एक करोड ६० लाख सुडानी मानवीय सहायताको आशाम बसेका थिए, डार्फुरबाट मात्र करिब ३७ लाख पलायन भएका छन्,” सुडानमा बढ्दै गएको मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै कार्यकारी निर्देशक म्याक्केनले आज जारी गरेको वक्तव्यमा भनिएको छ । 

सुडान युद्धमा करिब पाँच सय ५० जनाले ज्यान गुमाएका तथा झण्डै पाँच हजार घाइते भएका संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् । दुई लाखभन्दा बढी सुडानी देशबाट बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ