arrow

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
dadhelo.jpg

गुल्मी ।  गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । 

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । 

ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन् । 

डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । 

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन् । 

डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।

 वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ