arrow

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
teknarayan-pandey-arrest-refugee.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी काण्डमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो ।

पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनलाई पक्राउ गर्न आजै अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

मंगलबार तत्कालीन गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ