arrow

दुई हजार बन्दीलाई आममाफी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २० बुधबार
jail.jpg
तस्बिर – सांकेतिक ।

याङगुन । म्यानमारको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् । 

आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन् । सैनिक सरकारको विरोध गरेको हजारौँलाई कारगारमा कोचिएको छ । सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ । 

चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो । मङ्लबार उनले सैनिक सरकारका वरिष्ठ अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

चीनले म्यानमारको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैँ तत्पर रहने बताउँदै आएको छ । 

म्यानमारमा चीनको सहयोगमा विकास–निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन् । तर चीनले म्यानमारलाई डेथ ट्रयापमा पार्दै आएको आरोपसमेत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ