arrow

पुटिनको निवासमा रातभर उडे युक्रेनी ड्रोन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
putin-russian-war-commender.jpg

रुस ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्नका लागि  युक्रेनी ड्रोनहरू पुटिनको क्रेमलिनस्थित निवासमा रातभर उडेका छन् । रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो 'आतङ्कवादी हमला' भएको दाबी गरेको छ ।

पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको 'ड्रोन आक्रमण' लाई 'आतङ्कवादी हमला' को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मङ्गलबार राति युक्रेनी मानवरहित 'वायु यान'  आक्रमणको समयमा राष्ट्रप्रमुख क्रेमलिनमा रहनुभएको थिएन र उहाँ अहिले मस्को नजिकैको आफ्नो निवासमा काम गरिरहनुभएको र आफ्नो कार्यतालिकामा कुनै परिवर्तन नभएको पनि जानकारी गराइन्छ ।” 

पुटिनका कर्मचारीका अनुसार युक्रेनले क्रेमलिनस्थित उनको अपार्टमेन्टमा आक्रमण गर्ने उद्देश्यले रातारात दुई वटा ड्रोन आक्रमण गरेको थियो । ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहत वा क्षति नभएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ