arrow

राजाको राज्याभिषेक, साउद गए बेलायत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
charles-111.jpg

काठमाडौं ।  परराष्ट्र मन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । 

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन आज उनी त्यस तर्फ प्रस्थान गरेका हुन् ।

महारानी एलिजाबेथ द्वितीयाको मृत्यु भएसँगै बेलायतमा राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेक हुन लागेको छ ।  

राज्याभिषेक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण पौडेल जान नसकेपछि परराष्ट्र मन्त्री साउद गएका हुन् ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनेछन् ।

मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्कनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ