- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निजामती कर्मचारीहरूले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि धर्ना दिएका छन् । संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरबार अगाडि धर्ना दिएका हुन् ।
कर्मचारी संगठनले सरकारले तत्काल संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै धर्ना दिएको हो । तर निजामती कर्मचारीका अन्य संगठनले भने सरकारले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।