arrow

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
surendraraj-pandey-chief-minister-gandaki.jpg
तस्बिर – फाइल ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले ३५ सांसदको विश्वासको मत पाएका हुन् ।

उनी ३५ सांसदको समर्थनमा बैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो अवधिमा पाण्डेले एक मत बढाउन पनि सकेनन् र घट्दा पनि घटेन । उनलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत दिएका हुन् ।

उनको विपक्षमा एमालेका २२ सांसदको मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद भने तटस्थ बसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ