arrow

अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
fighter-jets-canadian.jpg

अमेरिका ।  अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त  भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

 एफ-१६  लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो।

युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो। दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए।

लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर  लगायत अन्य संरचना नभाएकाले  अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ