arrow

पार्टीको बेथितिविरुद्ध कडा कदम चाल्ने गगन थापाको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
gagan-kumar-thapa-kathmandu-4-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीभित्रको अनैतिक गतिले सीमा नाघेको भन्दै अब कडा कदम चाल्ने संकेत गरेका छन् । 

उनले सामाजिक संजालमा आइतबार बेलुकी लेख्दै अब हरेक चिजले सीमा नाघेको संकेतसहित अब त अति नै भएको भन्दै अब नसहने अभिप्राय व्यक्त गरेका हुन् । 

आफू अहिलेसम्म सहेर बसेको संकेत गर्दै अब नसहनेसमेत अभिव्यक्ति राखेका छन् । 

उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ