arrow

नायब सुब्बा भण्डारी बेगनास ताल किनारमा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
begnass_tal.JPG

पोखरा । पोखरा-३१ को बेगनास तालमा एक पुरुषको शव फेला परेको छ ।

उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ । 

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले मुचुल्का तयार गरी शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । 

परिचयपत्रका आधारमा मृतक भण्डारी नायब सुब्बा पदमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

“तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्महत्या हो वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौँ”, प्रवक्ता विकले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ