arrow

आमनिर्वाचनमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
cambodia-map-vector.jpg

कम्बोडिया ।  कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् ।  पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले  जनाएको छ ।  

समितिको विज्ञप्तिमा भनिएको छ- सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये ११ वटालाई आधिकारिक मान्यता दिइएको छ ।

  आयोगले दर्ता भएका अन्य नौ राजनीतिक दललाई मान्यता दिने वा नदिने भन्ने निर्णय एक साताभित्र गर्नेछ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रमा आगामी २३  जुलाईमा १२५ सिटको राष्ट्रिय सभाको लागि आम चुनाव गर्ने कार्यक्रम छ रहेको र ९.७ मिलियन भन्दा बढी कम्बोडियालीहरूले आफ्नो मतदान गर्नेछन्।

पाँच वर्षअघि भएको निर्वाचनमा २० राजनीतिक दलले दौडमा भाग लिएका थिए तर  सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीले संसद्मा सबै १२५ सीट नै जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ