arrow

एफएनसीसीआईका सुझावमा श्रम मन्त्री सकारात्मक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
fncci-labour-minister-.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी समक्ष आज मन्त्रालयमा भेटवार्ता गरेको छ । 

सो अवसरमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत तथ्यांकहरुले पुष्टि गरिसकेकाले यो अवस्थामा उद्योग व्यवसाय संचालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्यमा जोड दिए  । 

अध्यक्ष ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिए । वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुुपर्नेमा पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराए । 

महासंघसँगको भेटमा मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुुझावका सम्बन्धमा मन्त्रालयका तर्फबाट गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको स्पष्ट पारे । 
 
मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र शीप विकास लगायतका श्रम क्षेत्रका सवै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी काम गर्ने विश्वास दिलाए । 
 
प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ