arrow

एफएनसीसीआई अध्यक्ष ढकाल र आईएलओ देशीय निर्देशकबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
fncci-ilo.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच भेटवार्ता भएको छ । 

मंगलबार महासंघ सचिवालयमा भएको भेटका अवसरमा महासंघका अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका मुख्य प्राथमिकताका विषयबारे जानकारी गराउँदै आईएलओबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।  

अध्यक्ष ढकालले आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आईएओको सहकार्यमा जोड दिए । 
 
सो अवसरमा आईएलओका देशीय निर्देशक नुमान ओजकानले शीप विकास, पेशागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिए । 

उनले महासंघसँगको सहकार्य र सहयोग आउँदा दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए । 

भेटका अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, महासंघका महानिर्देशक र आईएलओ काठमाडौँका अधिकारीहरुको सहभागिता रहेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ