arrow

मन्त्रीको टुङ्गो लगाउँदै जसपा 

आज कार्यकारिणी समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । आज जनता  समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  बैठक बिहान ११ बजे बस्दै छ ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गाउन  जसपाले बैठक बोलाएको हो ।  आज बस्ने जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले मन्त्रीको नाम सिफारिस गर्नेछ ।  

 बैठकपछि मात्र जसपाले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने छ । 

बैठकमा   सरकारमा सहभागिता, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल गरिने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए ।

दुई मन्त्रालय पाएको जसपाबाट अहिले सरकारमा एक जना मात्र मन्त्री सहभागी छन् । जसपाले  शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएको छ । 

बाँकी रहेको अर्को मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा जसपाले टुङ्गो लगाउन बाँकी छ । अर्को मन्त्रालयमा  उपनिर्वाचनबाट फेरि सांसद बनेका पार्टी अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधान सहित जाने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ