arrow

ट्रम्पमाथि अर्को आरोप, ६६ करोड तिर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
trump-corona.jpg

काठमाडौं ।  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । 

ट्रम्पले लेखिका ई जीन क्यारोलमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । 

न्यूयोर्कको सङ्घीय अदालतमा सुनाइएको फैसलामा ट्रम्पलाई यौन उत्पीडन र क्यारोलको मानहानिमा दोषी ठहर गरेको हो।

म्यागजिन लेखक जीन क्यारोलले सन् २०१९ मा ट्रम्पले सन् १९९६ मा म्यानहट्टनको डिपार्टमेन्ट स्टोरमा उनलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

 ट्रम्पले यी आरोपलाई ठाडै अस्वीकार गरेका छन् । निर्णायक मण्डलले ट्रम्पमाथि लागेको बलात्कारको आरोपलाई खारेज गरेको थियो ।

योसँगै ट्रम्पले क्यारोललाई ५० लाख डलर (करिब ६६ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

यसअघि ट्रम्पमाथि एडल्ट स्टार स्टर्मी डेनियललाई करोडौँ रुपैयाँ तिरेको आरोप लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ