arrow

आसियानका नेताद्वारा ‘गहिरो चिन्ता’ व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
asean-china.jpg

इन्डोनेसिया । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूले म्यानमारमा जारी हिंसाप्रति ’गहिरो चिन्ता’ व्यक्त गरेका छन् । उनीहरूले देशमा मानवीय सहायता प्रदान गर्ने कूटनीतिज्ञहरूको गाडीमाथि हालै भएको आक्रमणको निन्दा गरेका छन् ।

यसै साता इन्डोनेसियामा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को शिखर सम्मेलनमा भएको वार्तामा जुन्टा शासित म्यान्मारमा भएको राजनैतिक थिचोमिचो प्रति सबैको ध्यान आकृष्ट भएको छ ।

आसियानले सङ्कट समाधानका लागि कूटनीतिक प्रयासको नेतृत्व गरेको छ, तर सन् २०२१ मा भएको सैन्य ‘कू’ले निम्त्याएको रक्तपात रोक्न अहिलेसम्मका प्रयासअसफल भएका छन् ।

आसियानका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी म्यानमारमा जारी हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र मानवीय सहायता र समावेशी राष्ट्रिय संवादको सुरक्षित र समयमै वितरणका लागि अनुकूल वातावरण सिर्जना गर्न सबै प्रकारका हिंसालाई तत्काल अन्त्य गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह गर्दछौं ।

जुन्टाले अन्तर्राष्ट्रिय आलोचनालाई बेवास्ता गरेको छ र आफ्ना विरोधीहरूसँग सहकार्य गर्न इन्कार गरेको छ । वर्तमान् सरकारको अपदस्थ सांसदहरू, कू विरोधी समूह ‘पिपुल्स डिफेन्स फोर्सेज’ र सशस्त्र जातीय अल्पसङ्ख्यक समूहहरू समावेश छन् ।

गत महिना विद्रोहीको गढ रहेको एउटा गाउँमा भएको हवाई आक्रमणमा करिब १७० जनाको ज्यान जाने गरी भएको हवाई आक्रमणको विश्वव्यापी निन्दा भएको थियो ।

म्यान्मारमा आसियान मानवीय राहतको समन्वय गरिरहेका कूटनीतिज्ञ र अधिकारीहरू चढेका सवारी साधनको एक समूहमाथि आइतबार आक्रमण भएपछि क्षेत्रीय समूहमाथि दबाब बढेको थियो ।

सिंगापुर र इन्डोनेसियाले यसअघि म्यान्मारस्थित आफ्ना दूतावासका कर्मचारीहरू पूर्वी शान राज्यमा रहेको, उनीहरूका सवारी साधनमा आगो लागेको तर कुनै क्षति नभएको बताएका थिए ।

आसियानका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आक्रमणको निन्दा गरेका छौं र आक्रमणकारीलाई जवाफदेही बनाउनुपर्छ भन्नेमा जोड दिएका छौँ ।”

सम्मेलनलाई सम्बोधन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले १० सदस्यीय समूहका सदस्यहरू एकजुट भएमा बढ्दो विश्वव्यापी चुनौतीहरूको सामना गर्न सक्नेमा आफू विश्वस्त रहेको बताए । 

“एकताको साथ, आसियानले शान्ति र विकास ल्याउन केन्द्रीय भूमिका खेल्न सक्षम हुनेछ,” विडोडोले शिखर सम्मेलनको उद्घाटन सत्रमा भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ