arrow

टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
tata-motors-showroom-bhaktapur.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरूको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सुरु गरेको छ। सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जब राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रद्वारा संयुक्त रूपमा नयाँ शोरुमको उद्घाटन गरेका थिए।

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरू प्रदर्शन गरिएका छन्। ग्राहकहरूलाई विक्री पश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्य स्वरूप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन्।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग प्रालि कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जब राणाले सिप्रदीको आफ्नै नयाँ शोरुम हरू खोली ग्राहकहरूलाई सेवा दिन पाउँदा निकै खुसी लागेको बताए। साथै उक्त नयाँ शोरुमले ग्राहकहरूलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत जानकारी गराए।

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरूको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुम हरू थप्दै लगेको कुरा व्यक्त गरे।

उनले ग्राहकहरूलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरूको भूमिका महत्त्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरूलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवा प्रदान गर्ने कुरामा आफूहरू विश्वस्त भएको कुरा समेत जानकारी गराए।

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरू सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरू सुलभ रूपमा ग्राहकहरू सम्म पहुँच हुने कुरा समेत व्यक्त गरे। ग्राहकहरूको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरूको चाहना एवं माग अनुरूप कार्य गर्न सदा तत्पर छ। निकट भविष्यमा पनि विभिन्न ब्रान्डहरू सहित ग्राहकहरूलाई विशेष अनुभूति प्रदान गरी उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको कुरा सिप्रदी टेड्रिङ्ग प्रालिले स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ