arrow

जसपाले के-के गर्‍यो निर्णय ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
JasAPA.png

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बुधबार बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । 

उनका अनुसार यसअघि सो अधिवेशन आउँदो जेठ १ गतेदेखि काठमाडौँमा गर्ने तय भएकामा तयारी नपुगेकाले असार ९ गतेलाई सारिएको हो । यसैगरी बुधबारको बैठकले नागरिकतासम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ । 

उता प्रदेश नं १ को नाम ‘कोशी’ राखिएको विरुद्ध जारी आन्दोलनमाथि दमन बन्द गर्न तथा आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि सो पार्टीले माग गरेको छ । बुधबारको बैठकले भुटानी शरणार्थी समस्यासम्बन्धी निष्पक्ष छानविन गरी दोषी देखिएमा कानुनी दायरामा ल्याउन र कानुनी प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरिएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ