arrow

प्रचण्ड नेतृत्वको गठबन्धनले स्थापित संस्थामाथि निरन्तर प्रहार गरेको ओलीको ठहर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
kp-sharma-oli-2080-01-28.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले स्थापित संस्थामाथि निरन्तर प्रहार गरेको आरोप लगाएका छन् । केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनले राज्यका सबै अंगमाथि निरन्तर प्रहार गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहेको बताए ।  

केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले वर्तमान गठबन्धनले स्थापित संस्थाहरूमाथिको प्रहारलाई निरन्तर जारी राखेको बताए।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन राष्ट्रपतिमाथि बारम्बार गरिएको प्रहार होस् या नेपाल राष्ट्र बैंकजस्ता स्वायतः संस्थामाथिको हस्तक्षेप, यो गठबन्धन राज्यका सबै अंगलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहन्छ र त्यसो हुन तयार नहुनेहरूलाई कमजोर र क्षतविक्षत बनाउन चाहन्छ भन्ने स्पष्ट देखिन्छ ।’

‘पछिल्लो समय बिना कुनै सैद्धान्तिक या नीतिगत आधार जो कसैसँग गठबन्धन गर्ने, निर्वाचनमा जसरी पनि जित्नका लागि जो कसैसँग गठबन्धन बनाउने, जस्तासुकै कुकर्म गर्ने र गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको छ। निर्वाचनका बेला जनताले घोषणापत्र र प्रतिबद्धताका आधारमा पार्टीहरु चयन गर्न पाइरहेका छैनन् । सत्ता पक्षले गठबन्धन गरेर विपक्षीमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको छ’, प्रतिवेदनमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ