arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

बालुवाटार पुगे रवि, खुट्टा नकमाउन प्रचण्डलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
prachanda-ravi-2079-10-17.jpg
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तातिरहेका बेला भ्रष्टाचारी माथि कारबाही हुनुपर्ने भन्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्। लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् ।  उनले प्रचण्डलाई खुट्टा नकमाईकन कारबाही अघि बढाउन आग्रह गरेका छन् । 

प्रकरणमा हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँड, उनका निजी सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परिसकेका छन् ।  

अर्का आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनको प्रहरीले खोजी गरिरहेको छ । 

खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवादसमेत यसअघि सार्वजनिक भइसकेको छ । हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ